नव राज बुर्लाकोटी
बिग एग्रो ग्रुप लिमिटेड व्यवसाय विकास, व्यवस्थापन र उद्यमशीलतामा पर्याप्त अनुभव भएका संस्थापकहरूद्वारा प्रवर्द्धन गरिएको पब्लिक लिमिटेड कम्पनी हो। हामी उद्यमी, पेशाकर्मी, कृषक र आम जनतालाई व्यवसायमा सहभागी गराई आधुनिक र नवीनतम प्रविधिको प्रयोग गरी उत्पादकत्व अभिवृद्धि गर्न व्यवसाय स्थापना र संचालन गरिरहेका छौं।
हामी स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि समाजलाई एकजुट गराउने लक्ष्य लिएका छौं। हामी किसानहरूलाई प्रोत्साहन गरी स्वस्थकर तथा गुणस्तरीय खाद्य उत्पादनहरू मानसम्म पुऱ्याउने लक्ष्यका साथ काम गरिरहेका छौं। कम्पनीले आफ्ना सहायक कम्पनीहरू मार्फत खाद्य सामग्री प्रशोधन, खाद्य तथा कृषि सामग्री वितरण, सामुदायिक खेती र कृषि उत्पादन, होटल तथा पर्यटन, एग्रो इ-कमर्श, लगानी तथा वित्तीय व्यवस्थापन, स्वच्छ ऊर्जा, शैक्षिक सेवा, सामुदायिक कल्याण र अन्य क्षेत्रहरूलाई प्रवर्द्धन गर्नेछ। हामी प्रचलित कानून बमोजिम नियामक प्रक्रिया पुऱ्याएर उद्योगहरूलाई स्टक एक्सचेन्जमा सूचीकरण गरी आम सर्वसाधारण शेयर लगानीकर्ता सहितको पब्लिक लिमिटेड कम्पनीहरू स्थापना र प्रवर्द्धन गर्दै जाने छौं।
हाम्रा कृषि उत्पादनहरू परम्परागत वितरणका अतिरिक्त होटल तथा पर्यटन क्षेत्र र मार्टहरूमा सिधै आपूर्ति गरिनेछ। हाम्रा शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूले हाम्रा उद्योग तथा व्यवसायहरूमा औद्योगिक प्रशिक्षण र अभ्यासको अवसर पाउनेछन्। यसले उच्च-दक्ष जनशक्ति उत्पादन गर्न मद्दत गर्नेछ। हाम्रो फार्म हाउसिङ मार्फत, हाम्रा सरोकारवालाहरू र आम जनताले कम्पनीद्वारा व्यवस्थित फार्महाउस, कृषि जग्गाको स्वामित्व र आफ्नै फार्मबाट उत्पादन भएका कृषि उत्पादनहरू उपभोग गर्ने अवसर पाउनेछन्। हामीले कृषि पर्यटन प्रवर्द्धन गर्न नमुना फार्म र अनुसन्धान केन्द्रको विकास सुरु गरेका छौं।
हाम्रा कुशल एवं दूरदर्शी नेतृत्व, विज्ञहरू र कुशल व्यवस्थापकीय क्षमता भएका व्यवस्थापकहरूले उद्यमशीलताको विकास गर्न, गुणस्तरीय खाद्य सामग्री उत्पादन र व्यावसायिक सफलताका लागि ध्यान केन्द्रित गर्नेछन्। हामी व्यावसायिक वातावरणमा सकारात्मक परिवर्तन ल्याउन आधुनिक प्रक्रिया, प्रविधि, विशेषज्ञताको अधिकतम प्रयोग गर्नेछौं। हामीले हाम्रो व्यवसायहरू लाई पोर्टफोलियो विविधीकरण (Portfolio Diversification) मार्फत विभिन्न क्षेत्रहरूमा लगानी गरेका छौं। हामी दिगो व्यापार मोडल आत्मसाथ गरि पारदर्शिता, जवाफदेहिता साथ काम गर्न प्रतिबद्ध छौं। हामीले हाम्रा संस्थाहरूमा उच्चस्तरको कर्पोरेट सुशासन विकास गरेका छौं।
हामी आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि विचार विमर्श गरि परिवर्तित सोचका साथ एकजुट भई अगाडी बढ्न सधै तत्पर छौं।
श्री नवराज बुर्लाकोटी
अध्यक्ष